Logo

एसईईको रिजल्ट प्रकाशन कार्य अन्तिम चरणमा,यी संस्थाले पाए नतिजा उपलब्ध गराउने अनुमति



काठमाडौं,२० असार । गत चैत १७ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको यसवर्षको माध्यमिक  शिक्षा परिषद् (एसईई)को नतिजा प्रकाशनको अन्तिम चरणमा आइपुगेको छ ।

माध्यमिक शिक्षा परिषद्को कार्यलयका अनुसार यही शुक्रबारभित्रमा नतिजा प्रकाशन गर्ने तयारी रहेको छ। अहिले नतिजाको रुजु र इन्ट्रि गर्ने काम भइरहेको छ ।

यसवर्षको एसईईमा ४ लाख ८५ हजार भन्दा धेरै विद्यार्थी सहभागी भएका छन् । वोर्डले यसवर्ष पनि पुरानै प्रणाली अन्तर्गत रहेर नजिता प्रकाशन गर्ने तयारी गरेको छ ।

वोर्डले यस वर्ष नजिता उपलब्ध गराउन विभिन्न १९ वटा संस्थालाई खनुमति दिएको छ । वोर्डले राष्ट्रिय परीक्षा वोर्डका सार्थ नेपाल टेलिकम,कान्तिपुर पब्लिकेसन प्रालि, एनआइसी एसिया बैंक, खल्ति, कनेक्ट आएपीएस लगायत १९ वटा संस्थालाई अनुमति दिएको हो ।



प्रतिक्रिया दिनुहोस्