Logo

ईलाममा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता



काठमाडौं, २३ असार । ईलामका नेताहरूले ईलाम स्वास्थ्य विज्ञान प्रतिष्ठान(मेडिकल कलेज) स्थापनाका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन्।

शनिबार स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका लागि पूर्वप्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको ईलामको टोलीले प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा भेटवार्ता गरेको हो।

इलाममा स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्ने विषयमा प्रधानमन्त्री सकारात्मक रहेको भेटवार्तामा संल्गन व्यक्तिहरू बताए।

भेटघाटमा टोलीमा माओवादी केन्द्रका केन्द्रीय सदस्य धिरेन शर्मा(रमण), इलाम नगरपालिकाका नगर प्रमुख केदार थापा, कर्णाली स्वाथ्य्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति प्राडा राजेन्द्र राज वाग्ले, अधिवक्ता समिप घिमिरे, कृष्ण भट्टराई, मनिष गौतम, ललित ढुंगाना, माधव चम्लागाई, बिमला सुब्बालगायत रहेका थिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot