Logo

नोबेल मेडिकल कलेजको सहकार्यमा ‘एडल्ट बेसिक लाईफ सपोर्ट’ तालिम सम्पन्न



विराटनगर असार २६ । विराटनगर सेन्ट्रल लायन्स क्लव, लियो क्लव सेन्ट्रलको आयोजना र नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको सहकार्यमा ‘एडल्ट बेसिक लाईफ सपोर्ट’ तालिम सम्पन्न भएको छ ।

नोबेल मेडिकल कलेजमा आयोजित तालिमको उद्घाटन लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ सि का डिस्ट्रीक गभर्नर बिजयहरी शर्माले गरेका हुन् । तालिममा विभिन्न लियो क्लवका प्रतिनिधीहरुको सहभागिता जनाएका छन् । दुर्घटना र कुनै भवितव्यका कारण घाइते वा अचेत मानिसको जीवन रक्षाका लागि तत्काल अपनाउनु पर्ने सामान्य सुरक्षा विधी र ज्ञानको कमिले गर्दा विश्व भरमा धेरैले ज्यान गुमानु परेको छ ।

यस्ता तालिमले आकस्मिक अवस्थामा जो कसैले पनि सामान्य सुरक्षा विधी अपनाउन सकेको खण्डमा थप जोखिमको अवस्थालाई न्यूनिकरण गर्न सकिन्छ ।

तालिममा नोबेल मेडिकल कलेजका एनेस्थेसिया तथा सघन उपचारका डाक्टर बन्दना, डाक्टर रुपक, डाक्टर शुभम, डाक्टर रोशन, डाक्टर पारशमणी, डाक्टर सागर, डाक्टर मोनिका, डाक्टर सन्जय, डाक्टर निलम, डाक्टर शेरिना, डाक्टर शैलेश, डाक्टर राजिब र डाक्टर दिनेश सहितको टोलिले लियोका सद्स्यहरुलाई तालिम प्रदान गरेका छन् ।

तालिमका बारेमा प्रष्ट पार्दै डाक्टर बन्दनाले कुनै पनि दुर्घटना वा भवितव्य आइ पर्दा अप्नाउनु पर्ने सामान्य सुरक्षा बिधिका बारेमा तालिम प्रदान गरिएको बताईन् ।

बिराटनगर सेन्ट्रल लियो क्लबका अध्यक्ष लियो जीवन कुमार यादबले क्लबले जीवन सुरक्षा सग समबन्धी बिषयमा तालिम प्रदान गरिएको र तालिममा सिकेका सिपहरुलाइ आवश्यक स्थानमा प्रयोग गरेर जीवन जोगाउनका लागि लियोहरु खटिनेमा आफू बिश्वस्त रहेको बताए । नोबेल शिक्षण अस्पतालमा विभिन्न संघ संस्थाहरूको समन्वयमा विविध तालिमहरूको आयोजना हुँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot