Logo

भारतमा पहिरोमा परेर एकै परिवारका तीन जना नेपालीको मृत्यु



काठमाण्डौ, असार २६ । भारतमा पहिरोमा परेर एकै परिवारका तीन जना नेपालीको ज्यान गएको छ । सिमलाको ठेट क्यार भन्ने ठाउँमा गएको पहिरोमा परेर रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–९ टुनिबोटका ४८ वर्षीय दिपबहादुर ओली, उनकी श्रीमती भीमा र १७ वर्षीय छोरा मोहोनको ज्यान गएको हो ।

त्रिवेणी गाउँपालिकाका अध्यक्ष गणेशकुमार केसीका अनुसार उनीहरुको सोमबार बिहान घर माथिबाट आएको पहिरोमा परेर मृत्यु भएको हो । दिपबहादुर ऋण तिर्नका लागि भन्दै एक वर्षअघि मजदुरी गर्न भारत पुगेका थिए ।

श्रीमती र दुई छोरा भने झण्डै एक महिना अघि मात्रै भारत पुगेका थिए । पहिरो गएका बेला जेठो छोरो घरमा नभएकाले बाँचेका छन् । ज्यान गुमाएकाको शव नेपाल ल्याउने तयारी भइरहेको त्रिवेणी गाउँपालिकाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot