काठमाडौं, असार २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको पार्थिव शरीर श्रध्दाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडा लगिएको छ । उनको आज बिहान ८ः ३० बजे नर्भिक अस्पतालमा निधन भएको हो ।
उनको पार्थिव शरीर श्रध्दाञ्जलीका लागि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा राखिने र २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने छ ।
सीता नेकपा (माओवादी केन्द्र)का सल्लाहकारसमेत हुन् । उनको निधनसँगै प्रधानमन्त्री प्रचण्डले परिवारका तीन सदस्य गुमाएका छन् । यसअघि क्यान्सरका कारण जेठी छोरी ज्ञानु र एक मात्र छोरा प्रकाशलाइ गुमाएका थिए ।
फोटोः मुकुन्द कालिकोटे रिपोर्टर्स नेपाल