Logo

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु केहिबेरमा नेपाल आईपुग्दै



काठमाडौं, असार २९ । अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आउँदैछन् । उनले अमेरिकी विदेश मन्त्रालय अन्तर्गत दक्षिण तथा मध्य एसिया मामिला हेर्दै आएका छन् ।

अहिले विहान ११ः३० मा नेपाल आईपुग्ने उनले भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत उच्चस्तरीय राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

अमेरिकी सरकारको सहयोग अनुदानमा आधारित मिलेनियम च्यालेन्ज कर्पोरेसन सम्झौताको कार्यान्वयन सुरु हुन मात्र एक महिना बाँकी हुँदा हुन लागेको भ्रमण सोही सेरोफेरोमा केन्द्रित हुने अनुमान गरिएको छ ।

काठमाडौँस्थित अमेरिकी दूतावासका अनुसार उनले अमेरिकी चेम्बर अफ कमर्सका पदाधिकारी सँग पनि छुट्टै छलफल गर्ने कार्यक्रम छ ।

जसमा उनले सिप आदानप्रदानसँगै वैश्विक प्रतिस्पर्धाका लागि आवश्यक कार्यका विषयमा विमर्श गर्नुहुने छ । उनी यसअघि एमसिसी परियोजना संसद्बाट अनुमोदन हुनेताका नेपाल भ्रमणमा आएका थिए । एक दिनका लागि नेपाल भ्रमणमा आउन लागेका लु लामो समयअघिदेखि नेपालसँग परिचित छन् ।



प्रतिक्रिया दिनुहोस्