काठमाडौं, असार ३० । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पत्नी वियोगमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समवेदना प्रकट गर्न बालुवाटार पुगेका छन् ।
शनिबार विहान बालुवाटार पुगेर सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा छोरीहरु रेणु र गङ्गा दाहालप्रति समवेदना प्रकट गरेका छन् ।
विप्लपको साथमा नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड लगायत स्थायी समितिका सदस्यहरू बालुवाटर पुगेका हुन् ।