Logo

राष्ट्रपति पौडेलले गरे ३ विधेयक प्रमाणीकरण



काठमाडौं,३१ असार । राष्ट्रपति रामचन्द्र पौडेलले तीनवटा विधेयक प्रमाणीकरण गरेका छन् ।

संघीय संसदका दुवै सदनबाट पारित भई राष्ट्रपति कार्यालय शीतल निवास पुगेका विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot