Logo

शरणार्थी प्रकरणमा धरौटीमा छुटे लगत्तै ललिता निवास प्रकरणमा प्रकाउ परे तुलाधर



काठमाडौं, ३१ असार । नक्कली भुटानी शरणार्थी प्रकरणअन्तर्गत धरौटीमा छुटे लगत्तै केशव तुलाधर फेरि पक्राउ परेका छन्।

आइतबार काठमाडौं जिल्ला अदालतले तुलाधरलाई १५ लाख रूपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको थियो।

सो प्रकरणमा छुटे लगत्तै तुलाधर ललिता निवास प्रकरणमा पक्राउ परेका छन्।

उनलाई केन्द्रीय अनुसन्धान ब्युरोले अदालत परीसरबाटै पक्राउ गरेको हो।



प्रतिक्रिया दिनुहोस्

Screenshot