काठमाडौं, साउन २ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजबाट सुरु हुँदैछ । एक वर्षपछि बस्न लागेको केन्द्रीय समितिमा चुनावी समीक्षादेखि रास्ट्रव्यापी अभियानलगायत छलफल हुने छ।
बैठकले समसामयिक राजनीतिक विषय, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णयहरू अनुमोदनका लागि पेश गर्ने, साङ्गठनिक कार्ययोजना र कार्यतालिकासम्बन्धी प्रस्ताव, नीति अधिवेशन सम्बन्धमा छलफल गरी मिति र स्थान तय गर्ने, पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची तय गरेको छ।
यसैगरी विभाग गठनसम्बन्धी, पार्टीको राष्ट्रिय अभियान घोषणासम्बन्धी प्रस्ताव, अनुशासन समितिको प्रतिवेदनसम्बन्धी, प्रतिनिधिसभा बैठकमा पार्टीको भूमिका, सरकारमा पार्टीको भूमिका विषयको कार्यसूची तय गरिएको छ।
केन्द्रीय समिति बैठकको पूर्व सन्ध्यामा कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक बसेर बैठकको एजेण्डा तय गरेको हो ।
साेमबारकाे पदाधिकारी बैठकमा सभापति देउवाले केन्द्रीय समिति बैठकको पार्टीको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रशारण गर्ने प्रस्ताव गरेका थिए। बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु हुने छ।