Logo

नेकपा एसको सचिवालय बैठक बस्दै



काठमाडौं,५ साउन । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि बस्दैछ ।

एक सातादेखि जारी बैठक आज पनि बिहान ११ बजे कीर्तिपुर चम्पादेवीस्थित पुष्पलाल स्मृति पार्कमा बस्ने छ।

आजको बैठकले महाधिवेशन, पार्टीको आगामी कार्यदिशा, केही रिक्त पदको पूर्ति र जिम्मेवारी हेरफेरको निर्णय गर्ने बताइएको छ। एकीकृत समाजवादीमा बागमती र लुम्बिनी प्रदेश इन्चार्ज रिक्त रहेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot