Logo

देशको आर्थिक अवस्थाको कारण सोचेजस्तो काम गर्न नसकेको सहरी विकासमन्त्री गुरुङको स्वीकारोक्ति



काठमाडौं,५ साउन । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद सीता गुरुङले देशको आर्थिक अवस्थाका कारण आफु सरकारको जिम्मेवार मन्त्री भएर पनि पार्टीले दिएको जिम्मेवारी पुरा गर्नेगरी काम गर्न नसकेको बताएकी छन् ।

शुक्रबार पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा आफ्नो धारणा राख्नेकम्रमा सहरी विकासमन्त्रीसमेत रहेकी गुरुङले केही गर्ने इच्छाशक्तिका साथ सरकारमा सभागी भएपनि आर्थिक संकटका कारण प्रर्याप्त काम गर्न नसकेको उनको भनाइ थियो ।

‘हामी चैत्र १७ गते सरकारमा गयौँ । छोटो समयमा बजेट बनाउनुपर्दा पार्टीले चाहेका सबै नीति कार्यक्रम र योजनामा ध्यान पुर्‍याउन नसकिएको अवस्था छ,उनले भनिन्, “देशको आर्थिक अवस्थाका कारणले पनि समस्या परेको छ । राम्रो गर्छु भन्ने अवश्य छ । तर, देशको आर्थिक अवस्थाका कारण चाहेका सबै काम गर्न सकिने अवस्था छैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot