Logo

शेखर कोइरालालाई वरिष्ठ नेता बनाउन शेरबहादर देउवासँग लिम्बूको माग



काठमाडौं,७ साउन । नेपाली कांग्रेसभित्र नेता शेखर कोइरालालाई वरिष्ठ नेता बनाउनुपर्ने माग उठेको छ ।

५ दिनदेखि जारी पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा केन्द्रीय सदस्य एवं युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले कोइरालालाई वरिष्ठ नेता बनाउन प्रस्ताव गरेका छन् ।

विगतमा पनि पार्टी सभापतिमा पराजित भएको व्यक्तिलाई वरिष्ठ नेता बनाउने गरेको स्मरण गराउँदै लिम्बूले कोइरालालाई वरिष्ठ नेता बनाउन मागगरेका हुन् ।

लिम्बुले भने,‘हिजो चुनाव तपाईले गिरीजाप्रसाद कोइरालासँग लड्नुभयो । वरिष्ठ नेता प्राप्त गर्नुभयो । अहिले डा. शेखर कोइरालाले किन प्राप्त नगर्ने ?।

यसअघि पनि कांग्रेसमा शेखर कोइरालासँगै गोपालमान श्रेष्ठलाईसमेत वरिष्ठ नेता बनाउनुपर्ने माग उठ्दै आएको छ ।

कांग्रेसको १४औं महाधिवेशनमा शेरबहादर देउवासँग सभापतिमा प्रतिस्पर्धा गरेका कोइराला पराजित भएपछि देउवाविरुद्ध खरोरुपमा उत्रिने गरेका थिए । तर पछिल्लो समय उनी कांग्रेसभित्र देउवालाई रिजाउने खेलमा लागेका छन् । देउवालाई रिजाएर आगामी महाधिवेशनमा संस्थापन पक्षबाट सभापतिको उम्मेदवार बन्ने कोइरालाको दाउ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot