Logo

स्वस्थ्य अवस्था बुझ्न तीर्थराम डंगोलको निवासमा पुगे देउवा



काठमाडौं, ७ साउन । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले तीर्थराम डंगोलको स्वास्थ्य अवस्था बुझेका छन् ।

सभापति देउवा डंगोलको स्वास्थ्य अबस्थाको स्थिति जानकारी लिन आज साँझ उनको निवासमा पुगेको नेता भीमसेनदास प्रधानले जानकारी दिए ।

पार्टीको केन्द्रीय कार्यसमितिको बैठक जारी छ । सभापति देउवा पार्टी कार्यालयबाट सिधै डंगोलको निवासमा पुगेको बताईएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot