काठमाडौं, ८ साउन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले चुनावको भन्दापनि देशको चिन्ता लिनुपर्ने बताएका छन् । पार्टीको जारी केन्द्रीय कार्यसमितिको बैठक (छैठौं दिन) मा सम्बोधन गर्दै उनले पार्टीले मिसन ०८४ भन्दापनि देशको अहिलेको अवस्थालाई सुधार गर्न आफूहरुको भूमिका हुनुपर्नेमा जोड दिए ।
उनले आफूहरुले बनाएको कानूनका कारण आफ्नै नेता जेल परेपनि कानून बलियो बनाएकोमा खुशी व्यक्त गरे । उनले कांग्रेसले कमजोर कानून बनाउन र अनुसन्धान कमजोर बनाउन नलागेको स्पष्ट पारे । उनले पार्टीले लिएको नीति र विधिलाई आम जनतालाई बुझाउनुपर्नेमा जोड दिए ।
उनले बैठकमा सभापतिलाई कमजोर बनाएर र खुइल्याएर भन्ने शब्द धेरै प्रयोग भएको उल्लेख गर्दै आलोचना र गालीको बीचमा फरक भएको सुनाए । उनले सभापति शेरबहादुर देउवाले आफूहरुको आलोचनालाई आलोचना नभनेको भनेपनि केही साथीहरुले भने गाली र खुईल्याएको भनेर भनेको टिप्पणी गरे ।
https://www.facebook.com/nepalicongresshq/videos/3592449484325739