Logo

शेखर कोइरालाको चियापानमा गगन थापा गएनन्, फोन नै ‘स्विच–अफ’



काठमाडौं, ९ साउन । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले आयोजना गरेको चियापानमा महामन्त्री गगन थापा अनुपस्थित् भएका छन् । कोइराला र थापाबीच सम्बन्धमा चिसोपना आएको चर्चाबीच थापा नै चियापानमा नआएपछि गाईँगुईँ सुरु भएको छ । तर, शेखरले भने आफूले महामन्त्री थापासँग नै तय गरेको आजको चियापान राखेको स्पष्ट पारेका छन् ।

अनुपम फुडल्याण्डमा आयोजित ‘बीपी स्मृति सप्ताह कार्यक्रम’ मा थापा देखिएनन् । नेताहरु गुरुराज घिमिरे, धनराज गुरुङ, चन्द्र भण्डारीलगायतले बोलिसकेका छन् । उनीहरु बोलेपछि अन्तिममा प्रमु्ख अतिथिको रुपमा सम्बोधन गरेका शेखरले भने आफूसँग रिसाएर गगन कार्यक्रममा नआएको भन्ने नभएको स्पष्ट पारे ।

उनले थपे–‘गगनजी किन आउनु भएन भन्ने उहाँहरुको मनमा कौतुहल्ता होला । रिसाउनु भएको होकि के हो ? आजको कार्यक्रमको मिति गगनजी र म बसेरै छलफल गरेको हो ।’ गगनलाई कार्यक्रममा नदेखेपछि कोइरालाले फोन गरेको तर उनको फोन अफ रहेको खुलाए ।

पछिल्लो समय शेखरले सभापति शेरबहादुर देउवालाई साथ दिएका छन् । शेखरको पछिल्लो गतिविधिबाट गगन रिसाएको बुझिएको छ । यद्धपी आज विहान पूर्व महामन्त्री डा. शशांक कोइरालाले केन्द्रीय सदस्यहरुको लागि आयोजना गरेको चियापानमा भने महामन्त्री थापा पुगेका थिए । लैनचौर ब्याङ्क्वेटमा भएको कार्यक्रममा थापा निकै बेर बसेका थिए । File Photo

 



प्रतिक्रिया दिनुहोस्

Screenshot