Logo

भरियाभन्दा पनि सुन ल्याउने मुख्य मान्छे पक्राउ गर्नुपर्योः रघुजी पन्त



काठमाडौ, १० साउन । नेकपा (एमाले) का नेता रघुजी पन्तले पछिल्लो समय पक्राउ परेको सुनको वास्तविक मालिक पक्राउ गर्न माग गरेका छन् । आज (बुधबार) एमाले संसदीय दलको बैठकमा सहभागी हुने क्रममा सञ्चारकर्मीबीच कुराकानी गर्दै उनले उक्त प्रकरणमा गम्भीरतापूर्वक छानविन गर्न आवश्यक रहेको बताएका हुन् ।

‘पछिल्लो समय सुन पक्राउ गरेको छ । यसको गम्भीरतापूर्वक छानविन हुनुपर्छ । भरियाहरुभन्दा पनि सुन ल्याउने मुख्य मान्छे को हो ? त्यसको जडसम्म पुग्नुपर्छ । पक्राउ गरेर सुन तस्करीको प्रक्रियामा जो–जो सामेल छन् कारबाही गर्नुपर्छ । काम चाहिँ नगर्ने, मन्त्रीहरु ठूला–ठूला कुरा गर्दै हिँड्ने ? त्यो चाहिँ भएन, दोषी पत्ता लाग्नुपर्यो,’– उनले भने । File Photo/RN 



प्रतिक्रिया दिनुहोस्

Screenshot