Logo

दल दर्ताको प्रमाणपत्र लिन दौरा सुरुवाल लगाएर पुगे अध्यक्ष अशोक राई (फोटोफिचर)



काठमाडौं, २४ बैशाख । जनता समाजवादी पार्टी, नेपालबाट अलग भएर निर्वाचन आयोगमा छुट्टै दल दर्ताको निवेदन दिएका अशोक राईले जनता समाजवादी पार्टीको दर्ता प्रमाणपत्र (दर्ता नम्बर १९८) पाएका छन् । हिजो (आइतबार) दल दर्ताको निवेदन दिएको राई समूहलाई निर्वाचन आयोगले आज (सोमबार) दल दर्ताको प्रमाणपत्र दिएको हो ।

राईसहित ७ जना सांसद नयाँ दलमा आवद्ध छन् । राई दल दर्ताको प्रमाणपत्र लिन आयोग पुग्दा दौरा सुरुवालमा ठाँटिएर पुगेका थिए । उनीसँगै आयोगमा प्रमाणपत्र बुझ्न महासचिव मोहम्मद इस्तियाक राई, उपमहासचिव प्रदीप यादव र कोषाध्यक्ष वीरेन्द्र महतो पुगेका छन् । तस्विर : रुकेश साह



प्रतिक्रिया दिनुहोस्

Screenshot