Logo

रिद्धि सिद्धि सिमेन्ट लिमिटेडद्वारा ‘मकवानपूर स्मार्ट स्टुडेण्ट अफ द इएर- २०८०’ छात्रवृत्ति कार्यक्रमको आयोजना



काठमाडौं, ११ साउन । रिद्धि सिद्धि सिमेन्ट लिमिटेडले यस वर्षदेखि आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपुर जिल्लालाई लक्षित गरी ‘मकवानपूर स्मार्ट स्टुडेण्ट अफ द इएर २०८०’ को छात्रवृत्ति कार्यक्रम ल्याएको छ ।
यस छात्रवृत्ति अन्तर्गत २०७९ मा परीक्षा दिएका र २०८० सालमा नतिजा प्राप्त भई एस.ई.ई. मा उत्तिर्ण भएका सम्पूर्ण मकवानपूर जिल्लाको विद्यार्थीहरुलाई लक्षित गरिे उक्त एस.ई.ई परीक्षामा ३.६ जि.पि.ए. देखि ४ जि.पि.ए. ल्याएको खण्डमा यस छात्रवृत्ति कार्यक्रममा योग्य मानिने छ ।
छात्रवृत्ति अन्तर्गत पहिलो हुने विद्यार्थीलाई मासिक रुपमा  पाँच हजार, दोश्रो हुनेलाई तीन हजार पाँच सय तेस्रो हुनेलाई दुई हजार पाँच सय र सान्त्वना थप ८ विद्यार्थीलाई एक हजार पाँच सय रुपैयाका दरले कम्पनीले एक वर्षसम्म उपलब्ध गराउने छ ।
योजनामा आबद्ध हुन विद्यार्थीले कम्पनीको आधिकारिक वेवसाईट  (www.riddhisiddhicements.com) वा फेसबुक पेज (https://www.facebook.com/RiddhiSiddhicements) मा गई उल्लेखित QR code मा Scan  गरी फारम भर्नुपर्ने छ ।  आवेदनका लागि फारम बुझाउने अन्तिम मिति साउन २१ गतेसम्म तोकिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot