Logo

राष्ट्रपति पौडेलद्वारा पाटन दरबार क्षेत्रको अवलोकन



काठमाडौं, साउन १२ । राष्ट्रपति रामचन्द्र पौडेल पाटन दरबार क्षेत्र अवलोकनका लागि ललितपुरको पाटन क्षेत्र पुगेका छन् । लामो समयको आरामपछि सार्वजनिक रुपमा देखिएका राष्ट्रपति पौडेलाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले स्वागत गरेका थिए ।

पाटन दरबार क्षेत्रको भ्रमणका क्रममा राष्ट्रपति पौडेलले कृष्ण मन्दिर दर्शन गर्नुका साथै सुन्दरीचोक, मूलचोक, केशवनारायण चोक र पाटन संग्रहालयको समेत अवलोकन गरेका छन् ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार पाटन सङ्ग्रहालयका निमित्त कार्यकारी निर्देशक सुरेश लाखे र स्मारक संरक्षण तथा दरवार हेरचाह कार्यालयका निमित्त प्रमुख शारदा शिवाकोटीले सो क्षेत्रबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए।



प्रतिक्रिया दिनुहोस्