Logo

एनआईसी एशिया बैंकद्वारा ‘स्मार्ट अडियो अलर्ट डिभाइस’ सार्वजनिक



काठमाडौं, १२ साउन । एनआईसी एशिया बैंकले क्यूआर कोडमार्फत भएको भुक्तानीको जानकारी आवाजबाटै तत्काल प्राप्त हुने विशेषता भएको स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गरेको छ।

‘डिजिटल फर्स्ट बैंक’ बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैंकिङको प्रवर्द्धन गरिरहेको बैंकले क्यूआर कोड भुक्तानी प्रणालीमा आबद्ध भएका मर्चेन्टहरुले आफ्ना सेवाग्राहीबाट उक्त प्रणालीमा भुक्तानी लिँदा एसएमएस वा ईमेल अलर्टको अतिरिक्त अब यो डिभाइसमार्फत आवाजबाटै भुक्तानी प्राप्त भएको पुष्टि गर्न सक्ने छ ।

डिजिटल बैंकिङलाई थप सहज, सरल र सुरक्षित बनाउने उद्देश्यका साथ डिभाइस सेवा सुचारु गरिएको बैंकले जनाएको छ । बैंकले सुरु गरेको अडियो अलर्ट डिभाइसमा रहेको क्यूआर कोडमार्फत कारोबार गरेपछि मर्चेन्ट तथा ग्राहकले भुक्तानी सफलतापूर्वक भएको सूचना तत्काल प्राप्त गर्न सक्नेछन्।

एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङसञ्जालहरु भएको बैंक हो । अहिले नेपालभर तीन सय ६० वटा शाखा कार्यालय, पाँच सय ४६ वटा एटिएम, एक सय ११ वटा विस्तारित काउन्टर र ६५ वटा शाखा रहित शाखा सञ्जाल रहेको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्