Logo

हेपाटाईटिस कस्तो रोग हो ?



कलेजो एउटा नरम र लचिलो अंग हो । जसले धेरै महत्वपूर्ण कामहरु गर्ने गर्दछ । हेपाटाइटिस भाइरसको कारणले लाग्ने रोग हो । हेपाटाइटिस सामान्य ए, बि र सी हुन् । कलेजोको कार्यात्मक भागहरुलाई हेपाटिक लोब्युल भनिन्छ । हेपाटिक लोब्युलहरुले मानिसको शरीरको सबै रगत फिल्टर गर्दछ । जब रगत शरीरको हेपाटिक लोब्युलहरु बिच्छेदनबाट जान्छ हानीकारक पदार्थहरुले ब्याक्टेरियालाई हटाउँदछ ।

कलेजोमा रक्तकोषिकाहरु थुप्रिन्छन् र क्लोटिक कारकहरु बनाउछन् । जसले खाना खाएपछि कलेजोले आवश्यक पर्दा मानिसको शरीरलाई ऊर्जा प्रदान गर्न पोषक तत्वहरु भण्डारण गर्दछ । मानिसको शरीरमा पित्त नामक पदार्थ पनि बनाउँछ । पित्तथैलीले पित्त भण्डारण गर्छ र मानिसले खाएको खानामा बासो पचाउन मद्दत गर्नको लागि सानो आन्द्रामा छोडिदिन्छ ।

यदि कुनै मानिसलाई हेपाटाइटिस ‘ए’ छ भने कुनै संक्रमित सम्पर्कमा आउनाले भाइरस शरीरमा प्रवेश गर्छ र सर्ने गर्दछ । दुषित वातवारण, खानेकुरा वा पानी प्रयोग गर्नाले, भाइरसको कारणले हेपाटाइटिस ‘ए’ लाग्न सक्छ । हेपाटाइटिस ‘बी’ संक्रमित व्यक्तिको रगत वा औषधिको सिरिन्ज बाँड्दा लाग्न सक्छ । सरसफाई नगर्नाले, संक्रमित व्यक्तिले प्रयोग गर्ने टुथब्रस वा रेजर प्रयोग गर्नाले र बच्चा जन्मिदा लाग्न सक्छ ।

हेपाटाइटिस ए वा बि मानिसको कलेजोमा प्रवेश गर्दा यसले कलेजोका कोषिकाहरुमा आक्रमण गर्छ । मानिसको शरीरले भाइरस र कलेजोको कोषिकाहरु दुबैलाई आक्रमण गर्न प्रतिरक्षा कोषिकाहरु पठाउँछ । जसको परिणाम स्वरुप यी कलेजोका कोषिकाहरु सुन्निन थाल्छन् । त्यसपछि मरेका र संक्रमित कोषिकाहरुको वरिपरि दागको तन्तुहरु बन्छन् ।

क्रोनिक हेपाटाइटिसले सिरोसिस (कलेजोमा दाग), कलेजो फेल गराउने र कलेजोको क्यान्सरजस्ता जटिल समस्या निम्त्याउन सक्छ । पुरानो हेपाटाइटिसको प्रारम्भिक निदान र उपचारले यी जटिलतालाई रोक्न सक्छ ।

उपचार

यसको उपचारको लागि सबैभन्दा पहिले रगतको परीक्षण गर्नुपर्दछ । त्यसपछि नतिजा हेरी हेपाटाइटिसको प्रकार र संक्रमणको अवस्था हेरी उपचार गर्नुपर्दछ । क्रोनिक हेपाटाइटिस बि को लागि एन्टिभाइरल औषधि प्रयोग गरिन्छ ।

हेपाटाइटिस सी को लागि को लागि सबैभन्दा प्रभावकारी उपचार पेगाइलेटेड इन्टरफेरोन र रिबाभिरिन समावेश भएको संयोजन औषधि हो । पेगाइलेटेड इन्टरफेरोन हप्तामा एक पटक सुइको माध्यमबाट लिइन्छ र रिबाभिरिन दैनिक दुई ट्याबलेट र किमोथेरापी गरिन्छ ।



प्रतिक्रिया दिनुहोस्