Logo

विश्वप्रकाशलाई अनेरास्ववियु अध्यक्ष बडालको जवाफ: शेरवहादुर देउवाले हिजो दुनामा दिएको प्रवक्ता पद खाएर कुनामा बसेको हामीले देखेका छौं



काठमाडौं,१४ साउन । नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का अध्यक्ष समिक बडालले नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई जवाफ फर्काएका छन् ।

महामन्त्री शर्माले शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै एमालेमा युवा नेताहरूको हैसियत दुनामा खाएर कुनामा बस्ने सरह पनि नभएको टिप्पणी गरेपछि बडालले कडा रुपमा शर्मालाई जवाफ फर्काएका हुन्।

बडालले जवाफ फर्काउँदै शर्मालाई पार्टी सभापति शेरबहादुर देउवाले दुनामा दिएको प्रवक्ता पद खाएर कुनामा बसेको भन्दै कटाक्ष गरेका छन् ।

बडालले लेखेका छन् ‘शेरवहादुर देउवाले हिजो दुनामा दिएको प्रवक्ता पद खाएर कुनामा बसेको विश्वप्रकाश हामीले देखेका छौ। दुनामा खान नपाएको कुण्ठा एमालेको युवालाइ चित्रित गरेर जग हसाउन बन्द गर्नुस्’



प्रतिक्रिया दिनुहोस्

Screenshot