Logo

कोशीमा कांग्रेस, माओवादी र राप्रपाबीच आलोपालो सरकारको नेतृत्वमा समझदारी गर्नुपर्ने प्रचण्डको प्रस्ताव



काठमाडौं, १४ साउन । कोशी प्रदेशमा कांग्रेस, माओवादी केन्द्र र राप्रपाबीच सरकारमा आलोपालो नेतृत्व गर्ने समझदारी बन्न लागेको छ। साउन १६ गतेभित्र सरकार बनाउन आह्वान भएअनुसार नै प्रमुख दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।

आज (आइतबार) विहानमात्रै प्रधानमन्त्रीको सरकारी निवासमा सत्ता गठबन्धनका शीर्ष तीन नेताहरु पुष्पकमल दाहाल, शेरबहादुर देउवा र माधवकुमार नेपाल छलफलमा जुटेका थिए । सो छलफलमा कोशी प्रदेशमा सरकार गठनबारे गहन छलफल भएको बताईएको छ ।

प्रधानमन्त्री दाहालले भने कोशीमा सरकार गठनको लागि राप्रपाको साथ लिन सकिने र राप्रपालाई पनि सरकारको नेतृत्व दिने प्रस्ताव गरेको बुझिएको छ ।

सो प्रस्तावमा पहिलो चरणमा सरकारको नेतृत्व कांग्रेसले गर्ने, दोस्रो चरणमा माओवादी र तेस्रो चरणमा राप्रपाले गर्ने रहेको छ । यसको लागि राप्रपाका शीर्ष नेताहरुसमक्ष प्रस्ताव पठाउन लागिएको छ । राप्रपाले पनि सरकारको नेतृत्वमा दाबी गरेको छ ।



प्रतिक्रिया दिनुहोस्