Logo

बालेनको उर्दी बेवास्ता गरेपछि भत्किँदै राप्रपाको केन्द्रीय कार्यालय



काठमाडौं,१५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यालय रहेको धुम्बराहीस्थित कार्यालयमा काठमाडौं महानगरपालिकाले आजै डोजर चलाउने भएको छ ।

गत शुक्रबार महानगरले आजसम्म केन्द्रीय कार्यालय रहेको भवन खाली गराउन उर्दी जारी गरेकोमा राप्रपाले बेवास्ता गरेपछि महानगरले डोजर चलाउन लागेको हो ।

महानगरले बिजुलीको हाइस्टेशन मुनी भवन रहेको भन्दै राप्रपालाई आजसम्म खाली गर्न अल्टिमेटम दिएको थियो ।

महानगरले डोजर ल्याउन लागेको सूचनासँगै राप्रपा कार्यकर्ताहरु केन्द्रीय कार्यालयमा भीड लागेका छन् । डोजरलाई अवरोध गर्ने तयारीसहित सवारीसाधनहरु तेर्स्याइएको छ ।

महानगरले नगर प्रहरी प्रमुख राजु पाण्डेको नेतृत्वमा ३०० जनाभन्दा धेरै नगर प्रहरी उक्त क्षेत्रमा खटाएको बताइएको छ ।

कल्याण राजभण्डारी र प्रज्ञा चापागाईँको नाममा रहेको उक्त घर राप्रपाले २०६९ सालदेखि प्रयोग गर्दै आएको छ ।

दाताहरुले राप्रपालाई यो घर-जग्गा प्रयोग गर्न दिएता पनि नक्शापास नहुनाले राप्रपाको नाममा भने आएको छैन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot