Logo

कस्ता–कस्ता पदार्थ लागूऔषध हुन् ?



काठमाडौं, १५ साउन । मानिसमा लत सिर्जना गरी दुर्व्यसनी तुल्याउने वस्तु वा पदार्थ लागूऔषध हो । यस्ता प्रकारका वस्तुका प्रयोगले व्यक्ति, समाज, सामाजिक मूल्य मान्यता र सिंगो राष्ट्रलाई नै क्षती पुर्याएको हुन्छ ।

कतिपय अवस्थामा मानिसले नजानेर र थाहा नपाएर पनि त्यस्ता प्रकारका क्रियाकलापमा संलग्न भइरहेका हुनसक्छन् । तर, थाहा भएर होस् वा थाहा नभएर गरिएको होस् कानुनले वर्जित गरेका बस्तुको प्रयोग, विक्री वितरण अपराध हुन जान्छ । उक्त अपराधबाट सिर्जित दायित्व व्यक्तिले भोग्नु पर्दछ ।

नेपालमा पछि पछिल्लो समय लागूऔषधको प्रयोग र कारोबार सरकारको टाउको दुखाईको विषय नै बनेको छ । लागूऔषधको लतमा व्यक्तिले आफ्नो अमूल्य जीवनसँगै सिंगो राष्ट्रलाई नै असर पारिरहेको हुन्छ ।

लागूऔषधले शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत तुल्याउने गर्छ । यसले मानिसको भावना र सोचाईमा नकारात्मक परिवर्तन ल्याउँछ । यस्ता वस्तुहरु विक्री वितरण र प्रयोगका लागि कानुनले निधेष गरेको हुन्छ ।

नेपालको सन्दर्भमा लागूऔषध नियन्त्रण ऐन– २०३३ ले गाँजा, औषधोपयोगी गाँजा, अफिम, तयारीको अफिम, औषधोपयोगि अफिम, कोकाको झार र पात, अफिम तथा कोककाको सारतत्व मिश्रण वा लवणसमेत मिलाई तयार गरिने कुनै पदार्थ, नेपाल सरकारले समय–समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएका प्राकृतिक वा कृत्रिम लागु औषध तथा मनोदिपक पदार्थ (साइकोट्रपिक्स सब्स्टान्स) र तिनको लवणहरू तथा अन्य पदार्थसमेतलाई लागूऔषध भनि परिभाषित गरेको छ ।

विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शररिका लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनि परिभाषित गरेको छ। यस्ता प्रकारका पदार्थको विक्री, वितररण, उत्पादन र प्रयोग कानुनी दृष्टिले अपराध हुनजान्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot