Logo

प्रतिनिधिसभा बैठक एक हप्ताको लागि स्थगित्, अर्को बैठक साउन २२ गते दिउँसो १ बजे बस्ने



काठमाडौं, १६ साउन । प्रतिनिधिसभाको आजको लागि बोलाईएको बैठक बस्दै नबसी स्थगित् भएको छ ।

संघीय संसद् सचिवालयले अर्को बैठक साउन २२ गते सोमबार दिउँसो १ बजे बस्नेगरी स्थगित गरेको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सुन तस्करी प्रकरणमा संसदीय छानबिन समितिको माग राखेको छ ।

तर, सरकाले भने कुनैपनि हालतमा संसदीय समिति गठन नगर्ने अडान लिएको छ ।

एमालेले निरन्तर आफ्नो अडानबाट पछि नहट्ने रणनीति लिएपछि बैठक प्रभावित भइरहेको थियो भने सत्तारुढ दल माओवादी केन्द्रको भोलिबाट केन्द्रीय समितिको बैठक बसने भएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहपछि सभामुख देवराज घिमिरेले बैठक अर्को सोमबारसम्म स्थगित गरेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्