Logo

ग्याँष्ट्रिक भएर पीडित हुनुहुन्छ ? गाँजरलगायत यी खानेकुरा खानुहोस



  • सविता सिंह ठकुरी-

ग्याँष्ट्रिक भनेको नेपालीहरुमा प्रायः देखिने रोग हो । नेपालमा यो रोग धेरै मानिसमा देखिने र मानिसलाई दुःख दिने गरेको छ । यसले मानव स्वास्थ्यलाई धेरै असर पार्नुको साथै अल्सर र क्यान्सरजस्तो रोगलाई निम्त्याउन सक्छ । कतिपय समयमा हामिले खाने खानेकुराले नै ग्याष्ट्रिकको समस्या उत्पन्न हुने गर्दछ ।

हामीले खाएको खानाले हाम्रो आमाशयको लाईनलाई असर पार्न सक्छ । जसले धेरै समस्याहरु हुने गर्दछ । खाएको खाना पच्न नसक्ने, बढि चिल्लो, पिरो र बासी खाना खानाले हाम्रो पेटभित्र समस्या आउने गर्दछ । खानाले नै हाम्रो स्वास्थ्यलाई नराम्रो असर पार्न सक्छ । त्यसैले हामीले ग्याँष्ट्रिक भएको बेलामा के–के खानेकुराहरु खान हुन्छ/हुँदैन भन्ने कुराको जानकारी हुन जरुरी हुन्छ ।

१. ग्याँष्ट्रिक भएका व्यक्तिले फ्याट कम र फाइबर बढी भएको खानेकुराहरु खानुपर्दछ ।
२. खैरो चामल, मकै, गहुँ, कोदो, हरियो तरकारीहरु खान सकिन्छ ।
३. साइट्रेक एसिड कम भएको फलफुलहरु स्याउ, नास्पती, गाँजर वा अन्य खानेकुरा खान सकिन्छ ।
४. एन्टि–अक्सिडेन्ट भएको अदुवा, लसुनलाई खानामा मिसाएर खान सकिन्छ वा लसुनलाई चपाएर खान सकिन्छ ।
५. हाम्रो शरीरको लागि चाहिने प्रो-बायोटिक्स भएको दही, मही र प्रशस्त मात्रामा पानी पिउनुपर्दछ ।
६. स्वास्थ्यलाई हानी पु¥याउने खानेकुरा वा मादक पदार्थ सेवन गर्नुहुँदैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot