Logo

संसद् बैठक अघि सभामुख र तीन दलका नेताले गोप्य बैठक गरेको भन्दै प्रेम सुवालको आपत्ति



काठमाडौं, २३ साउन । नेपाल मजदुर किसान पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य प्रेम सुवालले संसद् बैठक अघि सभामुख र तीन दलका नेताहरुको गोप्य बैठक बसेको भन्दै आपत्ति जनाएका छन् ।

उनले आज (मंगलबार) प्रतिनिधि सभाको बैठकमा आफ्नो भनाई राख्दै सभामुख र तीन दलका नेताहरुबीच गोप्य बैठकले अरु सांसदहरुको मान मर्दन भएको बताएका हुन् ।

‘संसद् बैठकका लागि तोकिएको समयमा संसद् भवनमा सभामुख र तीन दलका नेताहरुबीच गोप्य बैठक हुनु बाँकी सांसदहरुको मान मर्दन हो,’– उनले भने ।

उच्चस्तरीय छानविन समिति बनाउने भए सबै दलको प्रतिनिधित्व आवश्यक रहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot