Logo

माओवादी केन्द्रका महासचिव गुरुङ चीन भ्रमणमा जाँदै



काठमाडौं,२५ साउन । माओवादी केन्द्रका महासचिव देव गुरुङ चीन भ्रमणमा जाने भएका छन् । महासचिव गुरुङ आज दिउँसो चीन प्रस्थान गर्न लागेको माओवादी केन्द्रले जनाएको छ ।

भ्रमणका क्रममा गुरुङले चिनियाँ पार्टीका केही अधिकारीलाईसमेत भेट्ने उच्च स्रोतले जनाएको छ ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेताहरुमा पछिल्लो समय विदेश भ्रमणको मोह बढ्दो छ । विशेषगरि चीन भ्रमणमा । गत महिनामात्रै माआवादी केन्द्रका दुई टोली चीन भ्रमणमा गएर आएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot