Logo

कांग्रेसलाई केपी ओलीको प्रश्नः कुकुरले पुच्छर हल्लाउँछ कि पुच्छरले कुकुर ?



काठमाडौं,२७ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्मा सबैभन्दा ठूलो दलको हैसियत बनाएको नेपाली कांग्रेस केबल २-४ जना मन्त्रीका लागि माओवादी केन्द्रको पछुवा भएको आरोप लगाएका छन् ।

शनिबार गुरुप्रसाद लुइँटेल विकास तथा अध्ययन प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले ८९ सिटको कांग्रेस ३२ सिटको माओवादीको पछुवा बन्नु दुखःद भएको बताए । उनले कांग्रेस माओवादीको पछुवा बनेको भन्दै कुकुरले पुच्छर हल्लाउँछ कि पुच्छरले कुकुर भन्ने प्रश्नसमेत गरेका छन् ।

ओलीले भने ‘कुकुरले पुच्छर हल्लाउँछ कि पुच्छरले कुकुर भनेर उहिले २०१५ सालको संसदमा केदारमान व्यथितले प्रश्न गर्नुभएको थियो । यही प्रश्न म आज कांग्रेसका साथीहरूलाई गर्न चाहन्छु । उहाँहरूले कसको पछाडि आफूलाई लाउनुभएको हो ? के का पछि उहाँहरू लाग्नुभएको हो ? अचम्म लाग्छ,पछाडि पुच्छर चुप लागेर बसेको छ,अगाडि कांग्रेस डोलायमान छ । तन डोले मन डोल जस्तो गीत गाएर बसेको छ । तपाईँहरूलाई यसै गरी ४ वटा मन्त्री लिएर साना पार्टीको पछि लाग्ने मन लागिन्जेल लाग्नुस्’ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot