Logo

ओलीसँग शर्माको २ घण्टा भेटवार्ता, प्रचण्ड सरकार ढाल्न पार्टी फुटाउनसम्म तयार रहेको भनाई



काठमाडौं, २८ साउन । नेपाली कांग्रेसका नेता तथा सांसद सुनिल शर्माले वर्तमान सरकार ढाल्ने प्रस्ताव राखेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा आज (आइतबार) विहान भएको करिब २ घण्टा लामो भेटवार्ताको क्रममा उनले प्रचण्ड सरकार ढाल्ने प्रस्ताव राखेका हुन् ।

उनले आफ्नो पार्टी सभापति शेरबहादुर देउवाले माओवादी नेतृत्वको वर्तमान सरकार नढाले आफूहरुले पार्टीभित्र विद्रोह गरेर भएपनि सरकार ढाल्ने चेतावनी दिएका हुन् । उनले एमाले र कांग्रेस मिलेर सरकार बनाउनुपर्ने प्रस्ताव राखेका थिए ।

सो क्रममा उनले देउवाले पनि वर्तमान सरकार ढाल्नको लागि पहल गर्नुपर्ने धारणा राखेका थिए । तर, उनले देउवा वर्तमान सरकार ढाल्न तयार नभए आफूहरु (शेखर कोइराला समूह) ले ४० प्रतिशत पुर्याएर पार्टी फुटाएर भएपनि प्रचण्डको सरकार ढाल्ने कुरा ओलीसँग गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot