Logo

पारस खड्का काठमाडौं क्रिकेट संघको सदस्यमा चयन



काठमाडौं, साउन ३१ । राष्ट्रिय क्रिकेटका पूर्व कप्तान पारस खड्का काठमाडौं जिल्ला क्रिकेट संघको सदस्य चयन भएका छन् । काठमाडौं जिल्ला क्रिकेट संघको मंगलबार सम्पन्न चौथो वार्षिक साधारण सभाले खड्कालाई सर्वसम्मत सदस्य चयन गरेको हो।

साधारण सभाले दिवाकर घलेलाई अध्यक्षमा निर्विरोध चयन गरेको छ। उपाध्यक्षमा अजयविर पाण्डे, सचिवमा किरण राणा र कोषाध्यक्षमा विनित ध्वज चन्द पनि सर्वसम्मत निर्वाचित भएका छन्।

यसैगरी सदस्यहरूमा पूर्वक्रिकेटर अमृता पौडेल, मनिषकुमार ढुंगेल, अरुण सत्याल,विजय शर्मा, रितेश डंगोल, रमन श्रेष्ठ, शाश्वत शर्मा, हिमाल राज गिरी, धिरेन्द्रलाल श्रेष्ठ र ज्योति गुरुङ चयन भएका छन्।

सदस्यमा चयन भएपछि सामाजिक सञ्जाल फेसबुकबाट प्रतिक्रिया दिँदै खड्काले नेपाली क्रिकेटको विकास र विस्तारका लागी सक्दो प्रयास गर्ने बताएका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot