Logo

कक्षामा १२ को नतिजा : सबैभन्दा बढी विद्यार्थी अङ्ग्रेजीमा कमजोर



काठमाडौं, साउन ३१ । राष्ट्रिय परिक्षा बोर्डले मंगलबार सार्वजनिक गरेको कक्षा १२ को नतिजा अनुसार अनुत्तिर्ण भएका ४९ दशमलव ०९ प्रतिशत विद्यार्थी मध्ये अङ्ग्रेजी विषयमा विद्यार्थी सबैभन्दा कमजोर रहेको देखिएको छ।

सार्वजनिक भएको नतिजाअनुसार अङ्ग्रेजी विषयमा सबैभन्दा बढी विद्यार्थीको एनजी आएको छ। सबैभन्दा धेरै अङ्ग्रेजीमा एक लाख नौ हजार पाँच सय २७ जना ननग्रेड भएका छन्।

दोस्रोमा लेखा विषयमा ५२ हजार ७३ तथा सामाजिक अध्ययनमा ५१ हजार एक सय चार जनाको ननग्रेड आएको छ । सबै विषयमा ३५ प्रतिशत अङ्क ल्याएमात्र ग्रेडेड वा उत्तीर्ण हुने व्यवस्था छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot