Logo

६० किलो सुन बरामद प्रकरण: थप ४ जना पक्राउ



काठमाडौं,३१ साउन । गत साउन ३ गते काठमाडौंको सिनामंगलबा बरामद भएको ६० किलो ७१६ ग्राम सुन प्रकरणमा मुछिएको आशंकामा थप ४ जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)का अनुसार पक्राउ परेका ४ जनानै चिनियाँ नागरिक हुन् । सीआइबी स्रोतका अनुसार आज पक्राउ पर्नेमा चिनियाँ नागरिकहरु तियान मी, वीन तङ, डिङ सेग्फा र ली नेङ्काई पक्राउ परेका हुन् ।

गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालबाट भन्सार पास भएर बाहिरिएको सुन ३ गते राजस्वको टोलीले सिनामंगलबाट बरामद गरेको थियो । स्कुटरको ब्रेक-शु भित्र राखेर ल्याईएको सुन ब्रेक-शुसहित १५५ किलो रहेकोमा मंगलबार टक्सार विभागमा नापजँच गर्दा ६० किलो ७१६ ग्राम मात्रै भएको बताइएको छ ।

उक्त सुन बरामद प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् अवरुद्ध गरिरहेको छ । एमालेले सुन बरामद प्रकरणको छानबिन गर्न एक उच्चस्तरीय आयोग बनाउनुपर्ने माग गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot