Logo

ललिता निवास प्रकरण टुङ्गोमा पुगोस्ः बाबुराम भट्टराई



काठमाडौं, ४ भदौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग ललिता निवास प्रकरणमा बयान लिएको छ ।

सिआईबीको टोलीले टोखास्थित उनको घरमै पुगेर बयान लिएको हो । उक्त प्रकरणमा बयान दिएपछि भट्टराईले ललिता निवास प्रकरण टुंगोमा पुगोस् भन्ने आफूले चाहेको बताएका छन् ।

उक्त प्रकरणको छानविन देशका सबै तहका सबै प्रकारका भ्रष्टाचार र अनियमितता अन्त्य गर्न र सुशासनको प्रत्याभूति गर्न गराउन प्रस्थानविन्दू बनोस् भन्ने चाहेको समेत उनले बताएका छन् ।

‘ललिता निवास प्रकरणमा मेरो पालाको मन्त्रीपरिषदको निर्णय सम्बन्धमा उठेका प्रश्नहरूवारे सत्यतथ्यको जानकारी मेरो शुरूदेखिको सार्वजनिक प्रतिबद्धता बमोजिम केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) लाई दिएर आफ्नो कर्तव्य निर्वाह गरेको छु । यो मुद्दा सफल टुंगोमा पुगेर देशमा सबै तहका सबै प्रकारका भ्रष्टाचार तथा अनियमितता अन्त्य गर्न र सुशासनको प्रत्याभूति गर्न गराउन एउटा दरो प्रस्थानविन्दू बनोस् भन्ने कामना गर्दछु,’– सामाजिक सञ्जालमा उनले भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot