Logo

संसदीय सुनुवाई समितिबाट प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन



काठमाडौं, ४ साउन । संसदीय सुनुवाई समितिले प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको छ ।

आज (सोमबार) बसेको संसदीय सुनुवाई समितिको बैठकमा उनले न्यायीक सुधारका लागि आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए ।  कार्ययोजना प्रस्तुत भएपछि सांसदसँग केही सवाल जवाफ भएको थियो । त्यसपछि समितिले उनको नाम अनुमोदन गरेको हो ।

संसदीय समितिबाट उनको नाम अनुमोदन भएसँग अब राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीशमा नियुक्त गर्नेछन् ।

संविधानको धारा १२९ (२) मा संवैधानिक परिषद्को सिफारिसमा प्रधानन्यायाधीश र न्याय परिषद्को सिफारिसमा सर्वोच्च अदालतका न्यायधीश राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था रहेको छ । प्रधानन्यायाधीशको पदावधि छ वर्ष रहने संवैधानिक व्यवस्था रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot