Logo

प्रदेशको नामाकरणमा पहिचानलाई आधार बनाउनुपर्ने गगन थापाको भनाई, प्रदिप गिरिलाई सम्झिएर यसो भने (भिडिओसहित)



काठमाडौं, ४ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पहिचानका आधारमा प्रदेशको नामकरण भए समाजका द्वन्द्व हट्ने टिप्पणी गरेका छन् । उनले प्रदिप गिरिले बताउन खोजेको कुरालाई मात्रै आत्मसात् गर्न सकिए नेपाली कांग्रेसलाई अर्को १५/२० वर्ष समस्या परेको बेलामा सम्बोधन गर्ने मार्गदर्शन र आधार बन्ने सुनाए ।

आज (सोमबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित गिरिको स्मृति सभाको अवसरमा आयोजित कार्यक्रममा बोल्दै यस्तो धारणा राखेका हुन् ।  उनले भने,‘जस्तो उदाहरणको लागि अहिले भर्खरै म झापा र इलामबाट आएको छु, अहिले प्रदेश नम्बर १ को नामाकरणको ठूलो विषय छ । तर, प्रदिप गिरिले संविधान निर्माणको बेला ताका राख्नुभएको विचारहरुलाई मात्रै हामीले हेर्यौं भने, र त्यसैबाट पछि हामी भीमबहादुर तामाङको नेतृत्वमा बसेर काम गर्यौं । कि खासगरी हाम्रो नेपालको संघीयतालाई अगाडि बढाउने विषयहरुको सन्दर्भमा उदारतापूर्वक खासगरी नेपाली कांग्रेसजस्तो मूल राजनीतिक पार्टीले नामाकरणजस्तो विषयहरु गर्दै गर्दाखेरि पहिचानको कुरालाई प्राथमिकता दिएर गर्नुपर्छ । यदि यसलाई गर्यौं भने हामीले समाजको द्धन्द्धलाई चीरकालसम्म मेट्न सक्दछौं भन्ने कुराको प्रेरणा हामी प्रदिप दाईकोको भनाईबाट आजको दिनमा पाउन सक्दछौं ।’

उनले गिरिले नेपाली माटोको विशेषताबारे आफूहरुलाई राम्रोसँग सम्झाएको पनि स्मरण गराए ।  उनले प्रदिप गिरिले विपी कोइरालासँगको सम्बन्धबारे सबैभन्दा बढि न्याय गरेको बताए । उनले प्रदिप गिरिले बताउन खोजेको कुरालाई मात्रै आत्मसात् गर्न सकिए नेपाली कांग्रेसलाई अर्को १५÷२० वर्ष समस्या परेको बेलामा सम्बोधन गर्ने मार्गदर्शन र आधार बन्ने सुनाए ।

https://www.facebook.com/nepalicongresshq/videos/1006451493817873



प्रतिक्रिया दिनुहोस्