Logo

तस्बिरमा हेर्नुहोस् थारु समुदायले राजधानीमा मनाएको गुरिया, गुरही पर्वको झलक



दिनेश चौधरी, काठमाडौं, ५ भदौ । थारु समूदायले गुरिया, गुरही पर्व राजधानी काठमाडौंमा भव्यताका साथ मनाएको छ । सोमबार काठमाडौंको नेपाल पर्यटन बोर्डमा एक भब्य कार्यक्रमको आयोजना गरी सो पर्व धुमधामका साथ मनाएको हो । करिब दुई दर्जन थारु संघ/संस्थाहरुको संयुक्त आयोजनामा मनाएको उक्त कार्यक्रममा थारु आयोगका अध्यक्ष विष्णु प्रसाद चौधरीको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तै अन्य विशेष अतिथिहरुमा निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी, नेपाली कांग्रेसका‌ नेता एवं प्रतिनिधि सभा सदस्य तेजुलाल चौधरी, स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक कानुनलाल चौधरी, पूर्व राज्यमन्त्री एंव सांसद जनकराज चौधरी लगायत विभिन्न कानुन व्यवसायी र कलाकारहरुको उपस्थिति रहेको थियो ।

गुरिया, गुरही, पर्व विशेष गरी पश्चिम नेपालका थारु समुदायले मनाउने पर्व हो । पश्चिमका थारु बाहुल्य जिल्लाहरु दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा यो पर्व विशेष हर्षोलासका साथ मनाउने गरिन्छ ।

यस पर्वमा गाउँका युवतीहरुले पुराना लुगाबाट वस्तु (गुडिया) बनाउने गर्छन् र साँझपख खुल्ला ठाउँमा भेला भएर मनाउने गर्छन् । केटीहरूले वस्तु (गुडिया) लाई भुइँमा फ्याँक्छन् र केटाहरूले यसलाई लाठी र सजाइएको कोर्राले हिर्काउँदै मनाउँछन् । त्यसपछि केटीहरूले सबै केटाहरूलाई चना लगायतका मिठामिठा खाने परिकारहरु बाँड्छन् ।

अग्रासन थारु महिला समुहका अध्यक्ष चम्पा चौधरीको संयोजकत्वमा सम्पन्न सो कार्यक्रमको गुरही अस्राउने सधै खुला ठाउँमा गर्ने गरेकोले सोमबारको दिनभरीको भारी बर्षाका कारण हल भित्र नै गरिएको आयोजकले बताए ।

हेरौ कार्यक्रमका केहि तस्बिरहरुको झलकः

    



प्रतिक्रिया दिनुहोस्

Screenshot