Logo

संसद् गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक बस्दै



काठमाडौं, ६ भदौ । संसद् गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको सर्वदलीय बैठक आज पनि बस्ने भएको छ ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय समितिको माग गर्दै एमालेले तीन हप्ताभन्दा लामो समयदेखि संसद् अवरोध गर्दै आएको छ ।

एमालेले माग गरेको उच्चस्तरीय समिति बनाउन सरकार तयार भएर मस्यौदा तयार भइसकेपनि एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका कारण हिजोको सर्वदलीय बैठकमा छलफलका लागि मस्यौदा पेश हुन सकेन ।

आहिल विहान ११ बजेका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालमा सर्वदलीय बैठक आह्वान गरिएको छ । आज नै दिउँसो ३ बजेका लागि प्रतिनिधि सभाको बैठकसमेत बोलाइएको छ । File Photo/RN 



प्रतिक्रिया दिनुहोस्

Screenshot