Logo

अमेरिकी राजदूत थम्पसनले भेटे रास्वपा सभापति लामछिाने, के कुरा भयो ?



काठमाडौं, ६ भदौ । नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् । लामिछानेलाई भेट्न अमेरिकी राजदूत रास्वपाको मुख्यालय पुगेका थिए । रास्वपाले जनाएअनुसार सो भेटवार्तामा सभापति लामिछानेसँगै पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, केन्द्रीइ सदस्य प्रतिभा रावललगायतको सहभागिता रहेको थियो ।

भेटवार्तामा नेपालको आर्थिक विकास र सुशासनका विषयहरुमा छलफल भएको रास्वपाले जनाउको छ । यस्तै, नेपालीले दिनहुँ भोगिरहेको भिसासम्बन्धी समस्याहरु आफूहरु जानकार रहेको र त्यसको समाधान राजदूतावासको उच्च प्राथमिकतामा रहेको राजदूत थम्पसनले विश्वास दिलाएका थिए ।

भेटवार्ताबारे रास्वपाको आधिकारिक फेशबुक पेजमा लेखिएको छ–

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रवि लामिछाने र नेपालका लागि अमेरिकी राजदूत महामहिम डिन आर. थम्पसन बीच आज पार्टी कार्यालय वनस्थलीमा भेटघाट भयो । प्रतिनिधि सभा सदस्य तथा पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख श्री शिशिर खनाल, केन्द्रीय सदस्य श्री प्रतिभा रावल लगायतको सहभागिता रहेको सो भेटघाटमा मुख्यतया नेपालको आर्थिक विकास र सुशासनका विषयहरूमा छलफल भएको थियो । उक्त भेटमा नेपालीले दिनहुँ भोगिरहेका भिसा सम्बन्धि समस्याबारे आफू जानकार रहेको र त्यसको समाधान राजदुतावसको उच्च प्राथमिकतामा रहेको महामहिम थम्पसनले जानकारी समेत गराउनु भयो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot