Logo

नारायणकाजीलाई देउवाले दिए विकल्पः प्रहरीको सरुवा गर्ने कि गृहमन्त्री छोड्ने ?



काठमाडौं, ७ भदौ । स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रहरी प्रशासनमाथि व्यापक हस्तक्षेप गरेको बताएका छन् ।

हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेस सभापति देउवाले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रहरीको सरुवा या गृहमन्त्रीबाट राजीनामाको विकल्प दिएको उनको दाबी छ । उनले प्रहरी अधिकारीहरु श्याम ज्ञवाली, मनोज केसी लगायतको सरुवा देउवाकै चाहनामा भएको बताए ।

‘उहाँ (देउवा) ले अप्सन दिनुभयो, या त प्रहरी मेरा खल्तीमा हाल, प्रहरीको सरुवा म गर्छु या त गृहमन्त्री छोड । म त गृहमन्त्री भएको भए राजीनामा दिन्थेँ,’– उनले भने ।

प्रहरी संगठनप्रतिको देउवाको दृष्टिकोण पहिलादेखि नै खराब रहेको उनले बताए । देउवाले प्रहरी प्रशासनलाई आफ्नो पकेटको संस्था बनाउन चाहेको उनको आरोप छ । उनका अनुसार देउवाकै कारण बेलाबेलामा प्रहरीमा भाँडभैलो हुने गरेको छ । देउवा प्रहरीको चेन अफ कमाण्ड भत्काएर आफ्ना मान्छे जोगाउन उद्दत रहेको उनले आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot