Logo

तीर्थयात्री बोकेको रेलमा आगलागी हुँदा आठ जनाको मृत्यु



काठमाडौं, भदौ ९ । भारतको तमिलनाडुमा तीर्थयात्री बोकेको रेलमा आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ। तमिलनाडुको मदुराई रेलवे स्टेसननजिकै रेलमा आगो लागेको हो ।

एक प्रत्यक्षदर्शीले बीबीसीको तमिल सेवालाई बताएअनुसार केही यात्रुले सिलिन्डर प्रयोग गरेर चिया बनाउँदै गर्दा आगलागी भएको हो। मिडिया रिपोर्टका अनुसार १७ अगस्टमा लखनउबाट ६० जनाभन्दा बढी तीर्थयात्री ट्रेनबाट सामी दर्शनका लागि दक्षिण भारत गएका थिए।यी तीर्थयात्रीहरू शनिबार बिहान मदुराई पुगेका थिए।

उनीहरूले हिजो नागरकोइलस्थित पद्मनाभ स्वामी मन्दिरको दर्शन गरेका थिए।अधिकारीहरूले यस विषयमा अनुसन्धान गरिरहेका छन् र हालसम्म आठ शव बरामद गरिएको जनाइएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot