Logo

मन्त्री बस्नेतद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण



सिन्धुपाल्चोक, भदौ १० । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बाढीग्रस्त सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची लगायत क्षेत्रको निरीक्षण गरेका छन् ।

अविरल बर्षाका कारण बाटो अवरुद्ध भएपछि त्यहाँको वस्तुस्थिति बुझ्न र स्थानीयबासीलाई सान्त्वना दिन मन्त्री बस्नेतले शनिबार हेलिकप्टरबाट सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची लगायतका क्षेत्रको निरीक्षण गरेका हुन् । मन्त्री बस्नेत सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद हुन्

अविरल वर्षका कारण सिन्धुपाल्चोकको ग्याल्थुममा रहेको श्री सरस्वती माध्यमिक विद्यालयका भौतिक संरचनाहरू, चनौटे बेलिबृज, मेलम्ची बेलिबृज लगायत केही घरहरूमा बाढीले क्षति पुर्याएको छ ।

मन्त्री बस्नेतले बाढी प्रभावित क्षेत्रमा तत्काल राहतको कार्यक्रम सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय र सरोकारवाला निकायहरूलाई निर्देशन दिए।

बाढी प्रभावित क्षेत्रका बासिन्दाको राहत र उद्धारका लागि मन्त्री बस्नेतले बागमती प्रदेशका सांसद कृष्णकुमार तामाङ, नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक जिल्ला सचिव रमेश राज भण्डारी, मेलम्ची नगर उपसभापति रामशरण गिरी लगायतका नेताहरूलाई पनि त्यहाँ खटाइएको जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्