लुम्बिनी, १२ भदौ । रुपन्देहीका पत्रकार डिल्लीप्रसाद आचार्यको स्मृति ग्रन्थ प्रकाशित भएको छ । उनको १२औँ दिनको पून्य तिथिमा स्मृति ग्रथ आज सार्वजनिक गरिएको हो । पत्रकार आचार्यको यही भदौ १ गते काठमाडौँमा उपचारका क्रममा निधन भएको थियो ।
स्मृति पुस्तिकामा उनका समकालीन, सहकर्मी, पत्रकार, परिवारका सदस्यलगायतका भावना, अनुभूति र श्रद्धाञ्जलिसहितका ५२ लेख समेटिएका छन् । बागलुङमा जन्मे–हुर्केका आचार्य मनले उदार, बचनले नरम, व्यवहारले समाजसेवी, पेसाले प्रशासक र पत्रकार अनि भोगाइले यायावर रहेको रुपन्देहीका अग्रज पत्रकार नारायण सापकोटाले बताए ।
पश्चिमाञ्चलमा खोज पत्रकारिताको अभ्यास गरेका आचार्यको आत्म–संंस्मरणको सङ्गालो पुस्तक ‘झझल्को’ प्रकाशित छ । रासस