Logo

बेलौरीका मेयर चौधरीका बुवाको करेन्ट लागेर मृत्यु



कञ्चनपुर, भदौ १३ । कञ्चनपुरको बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीका बुवाको करेन्ट लागेर मृत्यु भएको छ ।

मंगलबार साँझ नुहाउने क्रममा पानीको मोटरबाट करेन्ट लागेर घाइते भएका ७२ वर्षीय जनकलाल चौधरीलाई उपचारका लागि धनगढी पु¥याईएको थियो ।

धनगढी स्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरमा चौधरीको उपचारका क्रममा गएराति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot