Logo

घरबारविहीन बसेको भवनमा आगो लाग्दा अन्ठाउन्न जनाको मृत्यु



जोहानेसवर्ग, १४ भदौ । दक्षिण अफ्रिकाको जोहानेसवर्गको मध्यभागमा अवस्थित पाँच तले एक भवनमा आगो लाग्दा ५८ जनाको मृत्यु भएको छ भने अन्य ४० जनाभन्दा बढी घाइते भएका छन् ।

दक्षिण अफ्रिकाको आपत्कालीन सेवाका प्रवक्ता रोवर्ट मुलाउजीका अनुसार हालसम्म ५८ जनाको शव फेला परेको तथा ४३ जना सामान्य घाइते भएका छन् । भवनमा बिहीबार बिहान आगो लागेको जानकारी दिँदै उनले खोज तथा उद्धार जारी रहेको बताएका छन् । प्रवक्ता मुलाउजीले मृतकको मृतकको सङ्ख्या बढ्नसक्ने बताएका छन् ।

आगो निभाउने प्रयासमा दमकलका कर्मचारी प्रत्येक तलामा परिचानलन भएका छन् । घाइतेलाई अस्पताल पु¥याइएको छ । आगलागीको कारण भने खुलेको छैन । केही समयअघिसम्म शहरको प्रमुख आर्थिक एवं व्यापारिक केन्द्रमा रहेको उक्त भवनमा घरबारविहीन स्थानीय जबरजस्ती बसेका बताइएको छ । आफ्ना सरसामान जोगाउने प्रयासमा केहीले ज्यान नै गुमाएका जनाइएको छ ।

घरबारविहीन व्यक्तिहरू कुनै औपचारिक भाडा सम्झौता बिना नै भवनमा सरेका जनाउँदै प्रवक्ता मुलाउजीले भवनमा कति मानिस थिए भन्ने यकिन नहुँदा खोजीमा कठिनाइ भएको बताएका छन् । उनले १५ वर्षको जागिरे जीवनमा यति भयावह घटना नदेखेको बताएका छन् । आगो लागेको भवनमा करिब दुई सय जना बसेका हुनसक्ने प्रत्यक्षदर्शीले बताएका छन् । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot