Logo

स्रोत नखुलेको ५ लाख भारूसहित कैलालीबाट एक युवक पक्राउ



काठमाडौं,१४ भदौ । प्रहरीले स्रोत नखुलेको ५ लाख भारतीय रुपैँयासहित कैलालीबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रमेशबहादुर तिरुवा रहेका छन् ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको सादा सादा पोशाकको टोलीले गोदावरी नगरपालिका-१ बनखेतस्थित तिरुवाको घर खानतलासी गरेर चार लाख ७४ हजार पाँच सय भारतीय रूपैयाँ र २ ग्राम १९० मिलिग्राम लागु औषध खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तिरुवाविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot