Logo

एमाले उपमहासचिव गुरुङको दाबी : प्रचण्डको संगत तस्करसँग छ, बाबुरामको पार्टीमा बिल्लीबाठ छ



काठमाडौं, १६ भदौ । नेकपा (एमाले) का उपमहासचिव तथा पूर्व मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहालमाथि गम्भीर आरोप लगाएका छन् । उनले प्रधानमन्त्री प्रचण्डको तस्करसँग संगत रहेको आरोप लगाए । पार्टीनिकट प्रगतिशील शैक्षिक परामर्श व्यवसायी संघको प्रथम अधिवेशनलाई आज (शनिबार) सम्बोधन गदै उनले यस्तो आरोप लगाएका हुन् ।

उनले भने–‘प्रचण्डको संगत तस्करसँग छ । कालोबजारी र माफियाहरूसँग छ । उनीहरूका सीमित व्यक्तिले तस्करी गरेर कमाइरहेका छन् । अरू मान्छेले एमालेमा भविष्य देखिरहेका छन् । उनीहरूलाई ल्याउन हामीले पार्टीभित्र संकीर्णता होइन उदारता देखाउनुपर्छ । नत्र त हामी कसरी ठूलो पार्टी बन्छौ ? यो सोचौँ ।’ यस्तै, उनले नेपाल समाजवादी पार्टीको पनि अहिले बिल्लीबाठको अवस्था रहेको सुनाए ।

File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्