Logo

नेपाललाई दोस्रो झट्का, भीम ७ रनमा आउट



काठमाडौं,१८ भदौ । एसिया कप क्रिकेट अन्तर्गत भारतविरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ ।

श्रीलंकामा जारी खेलमा भारतले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ थालेको नेपालले दोस्रो विकेटका रुपमा भीम सार्कीलाई गुमाएको हो । रवीन्द्र जडेजाको बलमा दोस्रो विकेटका रुपमा सार्की आउट भएका हुन् । उनी १७ बलमा ७ रन बनाएर आउट भएका छन् ।

नेपालले पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई गुमाएको थियो । उनी ३८ रन बनाएर आउट भएका थिए । २५ बल सामना गरेका उनले तीन चौका र दुई छक्का हानेका थिए ।

ताजा अवस्थामा नेपाल १६ ओभरको खेल चलिरहँदा २ विकेट गुमाएर ७८ रन बनाएर खेलिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot